मान्यता प्राप्त शिक्षण संस्थावाट माध्यमिक शिक्षा वा सो सरहको १०+२ (विज्ञान) वा प्रविणता प्रमाणपत्र तह खाद्य÷प्रयोगशाला प्रविधि वा प्रमाणपत्र तह (I.Sc.) वा सो सरहको परीक्षामा रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा Final Grade C ल्याई कम्तीमा १०० पूर्णाङ्कको अङ्ग्रेजी विषय लिई उत्तीर्ण गरेको हुनुपर्नेछ । अन्य विषयहरुमा कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
CTEVT बाट तीन वर्षे Diploma अध्ययन गर्नेको हकमा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्कको विषय लिई प्रत्येक विषयमा कम्तीमा दाेस्राे श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
A Level अध्ययन गर्नेको हकमा अङ्ग्रेजी, रसायनशास्त्र र गणित विषयमा १००/१०० पूर्णाङ्कको विषय लिई प्रत्येक विषयमा कम्तीमा D ग्रेड ल्याई उत्तीर्ण हुनुपर्नेछ ।
विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ
Please check your eligibility criteria before depositing the Entrance Application Fee. The application fee once submitted will not be refunded under any circumstances.
प्रवेश परीक्षा बापत बुझाएकाे रकम फिर्ता हुने छैन । त्यसैेले आवश्यक न्यूनतम याेग्यता पूरा भए नभएकाे रुजु गर्नुहाेला ।
मान्यता प्राप्त शिक्षण संस्था वा माध्यमिक विद्यालयबाट विज्ञान विषय लिई कक्षा १२ वा सो सरहको परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण Non Graded (NG) भई ग्रेड सुधारका लागि परीक्षा दिई नतिजा प्रकाशित हुन बाँकी रहेका परीक्षार्थीहरुले समेत आवेदन दिन तथा प्रवेश परीक्षामा सामेल हुन पाउनेछन् । त्यस्ता परीक्षार्थीले तोकिएको न्यूनतम योग्यता पूरा गर्न नसकेमा भर्ना हुन पाउनेछैनन् ।